काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब २१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २ करोड रुपैयाँ छ । त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३ करोड रुपैयाँ रहेकोमा गत आवमा ९५ करोड रुपैयाँ छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ ।




















प्रतिक्रिया