काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६ को विन्दुमा कायम भएको छ ।
आज २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब ९१ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीकाे २६ करोड ७७ लाख रुपैयाँ सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया