Logo

अर्थ

सागर डिस्टिलरीको आईपीओ खुल्यो



काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीको आईपीओ खुलेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो ।

जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुने छ । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २ सय कित्ता सेयर खुलेको हो ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत उनीहरूले छिटोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा भदौ ११ गतेसम्म आवेदन खुल्नेछ ।

वैदेशिक रोजगारमा रहेकालाई यो सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि खुल्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १०:२२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।