Logo

अर्थ

शिवम् सिमेन्टको नाफा ७९ करोड ४१ लाख



काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ छ । कम्पनीकाे नाफा तीन गुणा बढेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २५ करोड ९६ लाख रुपैयाँ थियो ।

कुल बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७६ करोड रुपैयाँ छ । त्यस्तै बिक्री लागत अघिल्लो आर्थिक वर्ष ६ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३ करोड छ ।

बैंकको ब्याज घट्दा वित्तीय लागत पनि घटेको छ । पहिले यस्तो लागत ४ करोड ९६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ करोड रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ११:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।