काठमाडौं । आज सेयर सामान्य घटेको छ । नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५ को विन्दुमा कायम भएको छ ।
आज ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ ।
आज ६ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ९.४८ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया