Logo

अर्थ

लोडसेडिङको हल्ला निरर्थक भइसक्यो: ऊर्जामन्त्री खड्का



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् ।

‘हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,’ ऊर्जामन्त्री खड्काले भने ।

विद्युत् विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तिव्रताका साथ अगडि बढाइरहेको समेत बताउँदै उनले हाल १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको बताए । साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको जानकारी उनले दिए ।

ऊर्जा मन्त्री खड्काले नेपालमा खपत भएर बाँकी रहेको विद्युत अहिले भारत र बंगलादेशमा निर्यात गरिरहेको बताए । उनले गत आर्थिक वर्षमा मात्रै २३८० मेगावाट विद्युत भारतमा र बंगलादेशमा ३० मेगावाट आवर विद्युत निर्यात गरेको भन्दै अहिले दुवै देशमा विद्युत निर्यात भइरहेको बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १७:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।