Logo

अर्थ

मितेरी सहकारी ठगी प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

सीआईबीले तिनीहरूविरुद्ध मुद्दा चलाउन बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार, ११ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । सहकारीका अतिरिक्त हुण्डीको कारोबारमा पनि संलग्न भएको पाइएको छ ।

“११ जनालाई प्रतिवादी बनाइएको छ । कांग्रेस नेता धनराज गुरुङको नाम जोडिए पनि अनुसन्धानमा उहाँको संलग्नता कतै पनि नदेखिएपछि उहाँलाई प्रतिवादी बनाइएको छैन,” सीआईबी स्रोतले बाह्रखरीसँग भन्यो ।

सरकारी वकिल कार्यालयसँग थप परामर्श भइरहेको सीआईबीले जनाएको छ ।

मितेरी सहकारीमा बचत गर्ने १४४ जना र केही सञ्चालकसमेतको गरी १४ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । उक्त उजुरी परेपछि प्रहरीले छानबिन सुरु गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार २०:४८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।