Logo

अर्थ

बुटवल पावर कम्पनीको नाफा २२ करोड ६१ लाख, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । बुटवल पावर कम्पनीको नाफा १६ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १८ करोड ४४ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षमा ६९ करोड ३६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७३ करोड ३७ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६.६३ रुपैयाँ छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ५.६९ रुपैयाँ थियो ।

प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १४४ गुणा रहेकाले छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १०:३३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।