Logo

अर्थ

नेपाल बैंककाे ३ अर्ब ७७ करोड, लाभांश क्षमता ऋणात्मक



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंकले ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा एक वर्षको अन्तरालमा १३२ गुणा बढेको हाे ।

सार्वजनिक अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यस्तो नाफा २८ करोड ४२ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ८ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष १० अर्ब ८ करोड छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष ४ अर्ब ७५ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन रकम छुट्याएकोमा गत आर्थिक वर्ष यो रकम घटेर १ अर्ब ९ करोडमा झरेको छ ।

अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १९ पैसा रहेकोमा गत आर्थिक वर्ष २५.६८ रुपैयाँ छ ।

नाफामा उच्च वृद्धि भए पनि बैंक यो वर्ष लाभांश दिन नसक्ने अवस्थामा छ । वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा ऋणात्मक छ ।

बैंकको निष्क्रिय कर्जा‍ अघिल्लो आर्थिक वर्षमा ४.३३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष असार मसान्तसम्म ४.४७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८१ पैसा छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ११:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।