Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ८१ करोड, प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियाे । यो नाफा गत आर्थिक वर्षको तुलनामा ४९.५३ प्रतिशत बढी हो ।

बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड २४ लाख रुपैयाँ गर्दा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २५ करोड ५२ लाख छ । बैंकको कुल सञ्चालन आम्दानी १२ अर्ब ८४ करोड ३७ लाख रहेको छ भने सञ्चालन नाफा ५ अर्ब ३८ करोड २५ लाख छ ।

अघिल्लो वर्ष १ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ। बैंकको प्रतिसेयर आम्दानी पनि १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ ।

चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरी त्यसबाट ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ११:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।