काठमाडौं । युनिलिभर नेपालको नाफा सामान्य बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ९६ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ९५ करोड रुपैयाँ थियो ।
कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ८ अर्ब २३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २४ करोड रुपैयाँ छ ।
कुल खर्च अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ८ करोड रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब ९८ करोड रुपैयाँ छ ।
बजारमा सूचीकृतमध्ये यस कम्पनीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै छ । गत आर्थिक वर्ष प्रतिसेयर आम्दानी २ हजार १३१ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ५ हजार ६६५ रुपैयाँ छ ।




















प्रतिक्रिया