Logo

अर्थ

समृद्धि फाइनान्सले कमायो ३ करोड १९ लाख नाफा



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासमा ३ करोड १९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी ३.९० रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १६:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।