Logo

अर्थ

प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब २ करोड, प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ



काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा १४.८ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब २ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४७ करोड रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ८८ करोड रहेकोमा गत आर्थिक वर्षमा ८ अर्ब ८२ करोड छ ।

बैंकको इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्ष १ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ४१ करोड रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा छ । असार मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३३ पैसा हो । प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार ११:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।