Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ५३ करोड, लाभांश क्षमता २०.७५ प्रतिशत



काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा ३०.७० प्रतिशतले बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशतले बढेर ४ अर्ब ५५ करोठ ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकको उक्त आम्दानी ४ अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७० करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले गत आर्थिक वर्षमा बढाएर २ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा २.३७ प्रतिशतबाट सामान्य बढेर २.७५ प्रतिशत पुगेको छ ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ । जसअनुसार बैंकले २०.७५ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

असार मसान्तसम्ममा बैंकको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष सञ्चिति २० करोड ५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.८२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६९.९५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १४:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।