Logo

अर्थ

स्मार्ट च्वाइस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष, सदस्यहरू, सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले विगतमा हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी दिए। उनले विशेषगरी कार्ड सेवा (SCT–UnionPay कार्ड, VISA कार्ड, NepalPay कार्ड), मोबाइल बैंकिङ सेवा, अन्तरबैंक भुक्तानी सेवा, क्युआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवा सम्बन्धी उपलब्धि र रणनीति प्रस्तुत गरे।

कार्यक्रममा चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अली मियाले हालै सार्वजनिक गरिएका दुई नयाँ सेवा — Smart QR Soundbox र SCT Hub — को प्रत्यक्ष प्रदर्शन गरे।

Smart QR Soundbox मार्फत मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानी विवरण विभिन्न भाषामा प्रत्यक्ष सुन्न सक्ने सुविधा पाउनेछन्। यसलाई वमईफाई वा सिमकार्डमार्फत नेटवर्कसँग जडान गर्न सकिनेछ र भुक्तानी हुनेबित्तिकै खातामा जम्मा भएको रकमको जानकारी तुरुन्त प्राप्त हुनेछ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १४:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।