Logo

अर्थ

बैंकिङ प्रणालीबाट ६० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रूपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

केन्द्रीय बैंकले भदाै १ गते मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल हुने बताएको हो । केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ ।

यसको सावा तथा ब्याज असाेज १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १२:३५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।