Logo

अर्थ

अब बैंक नोट बाहेक सबै छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेकका सबै छपाइ कार्य सुरक्षण मुद्रण केन्द्रमार्फत हुने बताएका छन् । हुलाक टिकट, स्मार्ट कार्ड, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत सबै छपाइ अबदेखि देशमै हुने मन्त्री गुरुङले जानकारी दिए ।

हाल २८ लाख स्मार्ट ड्राइभिङ कार्ड छापिने तयारी भइरहेको छ भने यो वर्षका लागि आवश्यक ६४ लाख राहदानीमध्ये सबै बाहिरी संस्थालाई छपाइका लागि दिइएको उनले बताए ।

उनका अनुसार सुरक्षण मुद्रण केन्द्र विगतमा बन्द अवस्थामा रहेकामा अब सक्रिय पारिएको  छ । भविष्यमा बैंक नोट छपाइका लागि आवश्यक मेसिन पनि ल्याइने तयारी भइरहेको छ ।

साथै, मन्त्री गुरुङले माघ महिनाभित्र काठमाडौं र पोखरामा ५जी सेवा सुरु गरिने र अर्को वर्षदेखि सबै महानगरमा विस्तार गरिने योजना रहेको बताए ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १६:०३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।