Logo

अर्थ

सर्वोत्तम सिमेन्टको नाफा १ अर्बमाथि



काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ४५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिमा यस्तो नाफा १४ करोड ९३ लाख रुपैयाँ थियो ।

अघिल्लो आर्थिक वर्ष बिक्री आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ५५ करोडको छ । ४ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । जसमा संस्थापक समूहको सेयर हिस्सा ८७.१० प्रतिशत रहेको छ भने सर्वसाधारण समूहको १२.९० प्रतिशत छ ।

वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ १९ पैसा छ । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट यस कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो । हाल यस कम्पनीको सेयर मूल्य ९१५ रुपैयाँ हाराहारी छ ।

प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्ति मूल्य ३०१ रुपैयाँ छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १०:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।