काठमाडौं । प्रभु बैंकले १६ लाख कित्ता बढी रसंस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्ने बैंकले जनाएको छ ।
इच्छुकहरुले यो सूचना प्रकाशन भएको १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्ने प्रभु बैंकले जनाएको छ ।




















प्रतिक्रिया