Logo

अर्थ

सेयर बजारमा ९ अंककाे वृद्धि, ६ अर्ब १७ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७० को विन्दुमा कायम भएको छ ।

आज १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मात्रै मूल्य घटेको छ ।

आज ६ अर्ब १७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २१ कबरोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.१० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १५:२६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।