Logo

अर्थ

नागरिक लगानी कोष सञ्चालक समितिकाे अध्यक्षमा घिमिरे नियुक्त



काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उनलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए ।

उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचनाप्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धान लगायत विभागमा काम गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार ११:२०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।