Logo

अर्थ

नाडा अटो शो २०२५ सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

अब हामीले गाडी उत्पादन गरेर विश्वबजारमा बेच्नुपर्छ : प्रधानमन्त्री



काठमाडौं । नाडा अटो शो-२०२५ सुरु भएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोको उद्घाटन गरेका हुन् ।

योसँगै १७औँ संस्करण नाडा अटो शो सुरु भएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा अब गाडी उत्पादन गर्ने बाटो खुलेको बताए । ‘अब हामीसँग गुणस्तरीय आइरन एन्ड स्टील हुनेछ । हामीलाई गाडी उत्पादनको बाटो खुल्नेछ,’ उनले भने, ‘अब हामीले गाडी उत्पादन गरेर विश्वबजारमा बेच्नुपर्छ।’

प्रधानमन्त्री ओलीले  ‘अब कसैले असन्तुष्ट नै हुनुपर्छ भन्ने कसम खाएको छ भने अलग कुरा हो अन्यथा अहिले निजी क्षेत्र तथा अटो क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ छैन,’ उनले भने, ‘हामीले मौद्रिक नीतिदेखि वित्त नीति पनि निकै व्यवहारिक र व्यवसायी मैत्री बनाएका छौँ।’

 

कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए । अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे ।

यस पटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार पनि प्रदर्शनीमा राखिएको छ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १३:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।