काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको चांगन अटोमोबाइलको सब–ब्रान्ड दिपलले बनाएको अटोनोमस फ्लाइङ कार सार्वजनिक गरिएको छ । आजदेखि सुरू भएको नाडा अटो शाे २०२५ को अवसरमा प्रधानमन्त्री ओलीले उक्त फ्लाइङ कार सार्वजनिक गरेका हुन् ।
यो फ्लाइङ कारलाई भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलकका रूपमा प्रस्तुत गरिएको छ ।
दिपलको यो इभीटीओएल फ्लाइङ कारको उचाइ १.९३ मिटर र चौडाइ ५.७३ मिटर रहेको छ । यसले ६२० केजी भार बोकेर एकपटकको फुल चार्जमा ३० किलोमिटरसम्म उड्न सक्छ । कारको अधिकतम गति प्रतिघन्टा १३० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया