Logo

अर्थ

नाडा अटो शोमा एक्सपेङ एक्स–९ सार्वजनिक



काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी ब्रान्ड एक्सपेङले आफ्नो एक्स–९ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नाडा अटो शो २०२५ मा यसलाई सार्वजनिक गरेको हो ।

एक्स–९ मा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ, जसको रेन्ज ५०० किलोमिटर भन्दा धेरै रहेको कम्पनीको दाबी छ । यसमा २३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ ।

गाडीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम रहेको छ । यसको क्याबिनमा रियर प्यासेन्जरको लागि २१.४ इन्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले दिइएको छ । प्यानारोमिक सनरुफ र फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल जस्ता सुविधाहरू यसमा उपलब्ध छन् ।

कम्पनीले यस गाडीको मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १८:००   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।