Logo

अर्थ

विकास हाइड्रोपावरको सेयर आजबाट कारोबारमा आउने



काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर आज (बुधबार) ४ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

विकास हाइड्रोपावरको आइपीओ हिजाे नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइपीओ सूचीकृत भएको छ । कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छ।

नेप्सेमा विकास हाइड्रोपावरको कुल ९० लाख ९१ हजार १३ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४६ लाख ३६ हजार ४१७ कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको ४४ लाख ५४ हजार ५९६ कित्ता ४९ प्रतिशत रहेको छ।

नेप्सेले विकास हाइड्रोपावरलाई बीएचसीएल कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९७.४३ रुपैयाँ र अधिकतम २९२.२९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

विकास हाइड्रोपावरले गत असार १८ गतेदेखि असार २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। आईपीओको बाँडफाँट असार २९ गते धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १०:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।