Logo

अर्थ

एभरेष्ट बैंकले ६.५२ प्रतिशतमै घर र सवारी कर्जा दिने



काठमाडाैं । एभरेष्ट बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ नामक योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत बैंकले ६.५२ प्रतिशतमै घर र सवारी कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले घर र सवारी खरिद गर्न चाहनेहरुको सपना साकार पार्न सस्तो र सुलभदरमा कर्जाको सुविधा उपलब्ध गराउन यो योजना ल्याएको जनाएको छ । बैंकले आधारदरमा १.२५ प्रतिशत प्रिमियर थप गरेर ६.५२ प्रतिशतमै आवास तथा सवारी कर्जा उपलब्ध गराउने छ । यतिबेला बैंकको आधारदर ५.२७ प्रतिशत रहेको छ ।

बैंकले यी कर्जाका लागि ०.५० प्रतिशत मात्रै प्रोसेसिङ चार्जको व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंकहरुलाई यस्तो शुल्क ०.७५ प्रतिशतसम्म लिनसक्ने छुट दिएको छ ।

बैंकले यो योजना अन्तर्गत स्थिर ब्याजदरमा ७.४९ प्रतिशतमा ७ वर्षसम्मका लागि घरकर्जा उपलब्ध गराउने जनाएको  छ। यो कर्जा पुनर्ब्याजदर मूल्यांकन गर्दै ३५ वर्षसम्मको लागि उपलब्ध गराइने छ ।

यस्तै बैंकले ५ वर्षको लागि ७.४९ प्रतिशतको स्थिर ब्याजदरमा सवारी कर्जा र ७ वर्षको लागि ८.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १०:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।