काठमाडौं । पछिल्ला केही दिनयता नेपाल टेलिकमका ग्राहकको मोबाइलमा विभिन्न अलर्ट आईडी प्रयोग गरी शंकास्पद सन्देश पठाइएको पाइएको छ । ती सन्देशमा “Dear valued customer, your Connect IPS account has been locked. Please verify … to login and secure it” जस्ता व्यहोरा उल्लेख गरिएको हुन्छ ।
ती सन्देशहरूमार्फत विभिन्न युआरएल लिंकहरू खोल्न लगाई, त्यसपछि कनेक्ट आइपीएसको प्रयोगकर्ता नाम (युजर नेम) र पासवर्ड प्रविष्ट गराउन लगाएर ठगी गर्ने काम भइरहेको टेलिकमले जनाएको छ ।
टेलिकमले त्यस्ता फेक लिंक खोल्दा व्यक्तिगत जानकारी चोरी हुने जोखिम हुने भएकाले सेवाग्राहीलाई सचेत रहन आग्रह गरेको छ ।
टेलिकमले कुनै पनि सेवासम्बन्धी सूचना आधिकारिक ब्लु टिकसहितको फेसबुक, एक्स लगायतका सामाजिक सञ्जाल पेज वा कम्पनीको आधिकारिक वेबसाइट मार्फत मात्र प्रकाशन गर्ने भएकाले त्यही आधारमा अद्यावधिक रहन पनि आग्रह गरेको छ ।




















प्रतिक्रिया