काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘फ्री लाइफ टाइम चार्जिङ’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्मको अवसरमा कम्पनीले उक्त आकर्षक अफर ल्याएको हो ।
यस अफर अन्तर्गत नाडा अटो शोमा ग्राहकले टाटाका कुनै पनि ईभी बुकिङ गर्दा लाइफ टाइम चार्जिङ सुविधा पाउने छन् । अर्थात् लाइफ टाइम टाटाका ईभी चार्ज गरेको पैसा तिर्नु पर्दैन ।
हाल नेपालमा टाटाको टियागो, नेक्सन, पन्च र कर्भ ईभी उपलब्ध छन् ।




















प्रतिक्रिया