Logo

अर्थ

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो?



काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो । बुधबार सङ्घको बैठकको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो ।

अब ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५१५ निर्धारण गरिएको छ । अब भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १४० अतिरिक्त शुल्क लाग्ने भएको छ ।

यो नयाँ मूल्य यसअघि साउन ६ गतेदेखि लागू भएको मूल्यभन्दा केही बढी हो । पुरानो मूल्य सूची अनुसार ठुलो अण्डा प्रति क्रेट ५२५ मा बिक्री भइरहेको थियो भने मिडियम अण्डाको मूल्य ४९५ थियो ।

मिडियम अण्डाको मूल्य ह्वात्तै बढेको छ । २० रुपैयाँ प्रतिक्रेट मिडियम अण्डा बढ्दा ५ रुपैयाँ ठुलो अण्डाको मूल्यमा प्रति क्रेट वृद्धि भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १६:३५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।