Logo

अर्थ

नाडा अटो शोमा सेरेसकाे विशेष 3X अफर सार्वजनिक



काठमाडौं । नाडा अटो शो २०२५ लाई लक्षित गर्दै सेरेसले विशेष “3X अफर” सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा सेरेसले उक्त अफर केवल शो अवधिभरका लागि उपलब्ध गराउने जनाएको छ ।

ग्राहकको सन्तुष्टि र सहज स्वामित्व अनुभवलाई प्राथमिकता दिँदै ल्याइएको 3X अफर अन्तर्गत तीनवटा प्रमुख लाभ समावेश गरिएको छ— ३ वर्षको पूर्ण बीमा कभरेज, ३ गुणासम्मको नगद छुट र बुकिङ रकमको ३ गुणासम्म फाइदा ।

यस अफरमार्फत ग्राहकहरूले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने कम्पनीले जनाएकाे छ ।

सेरेसको स्टलमा आगन्तुकहरूले ब्रान्डको प्रमुख मोडेल सेरेस 3 अवलोकन गर्न पाउनेछन् । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र वातावरणमैत्री प्रवाहसहितको सेरेस 3 आधुनिक चालकको आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएको नयाँ ईभी हो।

सेरेस 3 ले नेपालमै ४,६६० मिटर उचाइको लोमान्थाङ यात्रा सफलतापूर्वक सम्पन्न गरी कठिन भूगोलमा पनि आफूलाई प्रमाणित गरिसकेको छ। यो यात्राले सेरेस नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्थाका लागि उपयुक्त ईभी भएको पुष्टि गरेको कम्पनीको दाबी छ।

सेरेसले अटो शोका अवलोकनकर्तालाई ड्राइभिङको भविष्य नजिकबाट अनुभव गर्न आह्वान गर्दै स्टल भ्रमण गरी सीमित अवधिको 3X अफरको लाभ लिन आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १७:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।