काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको अटो शोमा विभिन्न अफर र छुटसहित सवारी खरिद गर्न पाइन्छ । नाडा अटो शो यो १७ औँ संस्करण हो ।
नाडा अटो शोमा १९ लाखदेखि २ करोड रुपैयाँसम्मका गाडी बिक्रीका लागि राखिएका छन् । कम्पनीहरूले नयाँ मोडलका गाडीमा भारी छुटको अफर समेत दिएका छन् । नाडामा ईभीको वर्चस्व छ ।
नाडा अटो शोमा गाडीको मूल्य र छुट
टाटा
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबार सार्वजनिक भएको ‘न्यु सफारी’ मोडलको २ हजार सीसीको डिजेल इन्जिनमा उपलब्ध गाडीको मूल्य १ करोड ३१ लाख ९९ हजार रुपैयाँ राखेको छ ।
टाटाले अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षिक अफर ल्याएको छ । टाटाका गाडी बुक गर्ने ग्राहकका लागि लाइफटाइम चार्जिङ निःशुल्क गर्ने सहुलियत दिइएको छ ।

अफर अन्तर्गत ग्राहकले आफूसँग टाटाको गाडी हुँदासम्म चार्जिङ शुल्क तिर्नुपर्दैन, कम्पनीले व्यहोर्नेछ । सिप्रदीले नाडा अटो शोमा सफारी डार्क एडिसन, पन्च इभी, नेक्सन के ३, नेक्सन इभी लङ रेन्ज, कर्भ इभी र टियागो इभी राखेको छ ।
सुजुकी
नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले पेट्रोलियम गाडीको ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका गाडी राखिएको छ । सुजुकीले आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि दिएको छ । ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बिमा, ६ वर्षका लागि निःशुल्क पीएमएस पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र एसेसरिजहरु पाउन सक्नेछन् ।

त्यसबाहेक टाटाको ईभी लाइनअपमा सुरुवाती मूल्य २७.४९ लाख रहेको टियागो ईभी, ४८.९९ लाख मूल्य रहेको तेस्रो पुस्ताको नेक्सन ईभी केथ्री र ५६.९९ लाख मूल्य तोकिएको छ ।
एमएडब्ल्यू
नेपालमा दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिनको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । चांगान लुमिनले स्टाइलिस, कम्प्याक्ट र स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगलाई प्रतिनिधित्व गर्ने र यो नेपालको सहरी सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

जिनपेङ
दुई भेरिएन्टमा उपलब्ध जिनपेङको वास्तविक मूल्य २३ लाख ४९ हजार र २४ लाख ९९ हजार रुपैयाँ छ । तर नाडा अवधिभरका लागि कम्पनीले १९ लाख ९९ हजार र १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । जिनपेङ नेपाली बजारमा ठाकुर मोटर्सले ल्याएको हो । नेपाल भित्रिएको जिनपेङमा कम्पनीले ५ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ ।
कम्पनीले नाडा अटो शो लक्षित गरी शो अवधिभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ ।
फोटोन टनल्यान्ड जी–७
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले टनल्यान्ड जी–७ मोडलको पिकअप गाडीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यही मोडलको लक्जरी र फ्ल्यागसिप अटो प्रिमियम मोडलको मूल्य क्रमशः ६५.४० लाख र ७४.९९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । शोमा गाडी बुक गर्नेले तीन वर्षको सट्टा चार वर्ष वा एक लाख किलोमिटरको वारेन्टी पाउनेछन् ।
डीपल एस–०५
नेपालका लागि डिपलको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि अटोमोबाइल्सले नाडामा डीपलको विद्युतीय एसयूभी एस–०५ को मूल्य ५८.९९ लाख र टप मोडलको मूल्य ६४.९९ लाख रुपैयाँ तोकेको छ । यसमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

बीवाईडी एटो–२
नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमन इंकले नयाँ विद्युतीय गाडीको मोडल एटो–२ को ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ । ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक रहेको यस गाडीले एक पटकको फुलचार्जमा ३४५ किलोमिटरको डब्लुएलटिपी प्रमाणित रेन्ज दिने दाबी गरिएको छ ।

जिली ग्यालेक्सी
नाडा अटो शोमा नेपाल भित्रिएको नयाँ चिनियाँ ब्राण्ड जिली एक्स–५ म्याक्स ६४ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन्, जुन वास्तविक मूल्यभन्दा तीन लाख रुपैयाँ कम हो । जिली एक्स–५ प्रो नाडा अवधिभरका लागि ५४ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसको वास्तविक मूल्य ५८ लाख कायम गरिएको थियो । जेवाई एयर अल्ट्रा ६८ लाखको मूल्य रहेको ६४ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जेवाई एयरका प्रिमियम मोडलमा पनि आकर्षक छुट योजना ल्याइएको छ । कम्पनीले नाडा अवधिका लागि दुवै ब्रान्डमा विशेष छुट दिएको छ । एलआरआरले जेवाई एयरमा ४ लाख र जिलीमा ३ लाख रुपैयाँ छुट दिएको छ ।

नामी
नाडा अटो शोमा नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्ल्यू ग्रुपले नामी दुई भेरिएन्टमा सार्वजनिक गरेको छ । जसको मूल्य नामी–०६ ई–२ ३७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ भने नामी ई–२ प्लसको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको वास्तविक मूल्य ४१ लाख ९९ हजार रुपैयाँ छ । नामी ०६ मा १ लाख रुपैयाँ छुट दिएको छ । ई–२ प्लसमा पनि कम्पनीले १ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ ।

रिडारा
नेपालका लागि रिडाराको आधिकारिक वितरक सिजी मोटर्सले रिडारा आरडी सिक्स इलेक्ट्रिक पिकअपको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । दोस्रो भेरियन्टको पनि ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ, जसमा नगद छुट दिने घोषणा गरेको छ । बेस अप्सनको वास्तविक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले यसमा २ लाख रुपैयाँ र नाडा एक्सचेञ्जमा ३ लाख रुपैयाँ छुट दिएको छ ।





















प्रतिक्रिया