काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाल सुन तोलामा १३०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै बुधबार सोही सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम थियो ।
त्यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।




















प्रतिक्रिया