काठमाडाैं । डिशहोमले कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।
अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस वा माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रुपैयाँ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ । यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागु हुनेछ ।
उपहार प्राप्त गर्न ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन् ।
यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिने जनाएको छ ।




















प्रतिक्रिया