Logo

अटो

नाडा अटो शो रेकर्ड तोड्दै, ३ दिनमै ७८ हजार बढीले गरे अवलोकन



काठमाडौं । नाडा अटो शो २०२५ ले तीन दिनमै अभूतपूर्व सफलता हासिल गरेको छ । शुक्रबारसम्म कुल ७८ हजार ५१३ जनाले अवलोकन गरेको तथ्यांक सार्वजनिक गर्दै आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार, छोटो अवधिमै आएको यस किसिमको जनसहभागिताले नेपाली समाजमा अटो उद्योगप्रतिको चासो र विश्वास झन् प्रष्ट पारेको छ ।

उनले यस उपलब्धिलाई अन्त्य नभई नयाँ सुरुआतको रूपमा लिने उल्लेख गरे । नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन आत्मविश्वास थप बलियो भएको उनको भनाइ छ ।

यस सफलतामा योगदान दिने प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताप्रति नाडाले आभार व्यक्त गरेको छ । आयोजकले नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवमा परिणत भएको दाबी गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार २१:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।