Logo

अर्थ

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण



काठमाडौं । सामसङले आफ्नो प्रमुख ‘सीएसआर’ पहल ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।

यसैका साथै अब नयाँ ब्याचको एआई र बिग डाटा तालिम सुरु हुनेछ जसले विद्यार्थीहरू भविष्यका लागि आवश्यक दक्षतामा पोख्त हुनेछन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा. डा. दीपक अर्याल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. डा. सुशील बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरियो ।

सामसङ नेपाल कार्यालयका मानवस्रोत प्रबन्धक जयन्तमणि कायस्थले भने, ‘कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौं । सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई भविष्यमुखी सिपले सशक्त बनाउँदै आएको छ ।

त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बिग डाटा र आईओटीको तालिम अझ बलियो बनाउने र विद्यार्थीलाई भविष्यको रोजगारीका लागि तयार गर्ने लक्ष्य राखेका छौं ।’

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई एआई, आईओटी र बिग डाटा तथा कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ। एल्गोरिद्म, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानका आधारमा विद्यार्थीहरूको छनोट गरिन्छ ।

इन्जिनियरिङ अध्ययन संस्थाका डिन बज्राचार्यले भने, ‘नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौं । कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सह्राना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूका लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ विस्तार गर्न चाहन्छौं ।’

 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १०:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।