काठमाडौं । भारतले नेपालका मेवा खोला (४८.५ मेगावाट) र करुवा सेती (३१.०४ मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप ८० मेगावाट विद्युत् खरिद गर्न अनुमति दिएको छ ।
यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पछिल्लो अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मका लागि मान्य हुनेछ ।




















प्रतिक्रिया