काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९ को विन्दुमा कायम भएको छ ।
आज ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ७५ करोडको सेयर कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.२९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया