काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ भीआईपी कक्ष निर्माण भई सेवा सुरु हुने भएको छ । अबदेखि गोप्य ठाउँबाट नभई खुला र ठूलो क्षेत्रफलबाट भीआईपी सेवा प्रदान गरिनेछ ।
नयाँ कक्ष पुरानो आगमन र व्यागेज क्षेत्रलाई आकर्षक डिजाइनमा परिणत गरी तयार गरिएको हो । यसअघि विमानस्थलभित्र गोप्य स्थानमा सेवा दिइँदै आएको थियो ।
नयाँ भीआईपी कक्षको शुभारम्भ सोमबार अपरान्ह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले गर्ने कार्यक्रम तय गरिएको छ ।




















प्रतिक्रिया