Logo

अर्थ

सेयर बजारमा २१ अंकको वृद्धि, ५ अर्ब ७५ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१ को विन्दुमा कायम भएको छ ।

आज १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ७५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३.८७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १५:२५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।