काठमाडौं । बुधबार सुनको मूल्य फेरि रेकर्ड नजिक पुगेको छ । यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो ।
हिजो १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउले हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको छ ।
चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन २३६० रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ घट्दै २३४५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया