Logo

अर्थ

कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त



काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बुधबार बिहान बसेको समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षको भूमिकामा चयन गरेको हो ।

पदबहालीसँगै पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको शपथ पनि लिएका छन् ।

पूर्वमा नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका पौडेलसँग राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थामा दुई दशकभन्दा बढीको प्रवन्धन अनुभव छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार ११:२७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।