Logo

अर्थ

होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक, चार लाखसम्म नगद छुट



काठमाडौं । होन्डा कारको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैंलाई लक्षित गर्दै ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ ।

‘यो दशैं बेस्ट भ्यालु रोज्नुहोस्’ नारासहित ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा ४ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । यसका साथै, कम्पनीले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर र ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि प्रदान गर्नेछ ।

कम्पनीका अनुसार पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकका लागि २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनसको व्यवस्था समेत गरिएको छ । यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधाहरू पनि प्राप्त गर्नेछन् ।

यो योजना होन्डाका सिटी, सिटी ई:एचईभी, एलिवेट र अमेज लगायतका लोकप्रिय मोडेलहरूमा लागू हुनेछ । कम्पनीकाअनुसार यो अफर भदौ ७ गतेदेखि कात्तिक १४ गतेसम्म देशभरका सबै होन्डा शोरूमहरूमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १२:०७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।