काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर किन्ने भएको छ । दुवै कम्पनीबीच भदौ १० गते सेयर खरिद सम्झौता सम्पन्न भएको हो ।
कालीगण्डकी गर्ज हाइड्रोपावरले मुस्ताङ र म्याग्दी जिल्लामा एक सय ८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (पीकिङ रन अफ द रिभर) प्रकारको आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल अनुमानित लागत ३९ अर्ब ५० करोड रूपैयाँ छ । यो आयोजना ७५ प्रतिशत ऋण र २५ प्रतिशत सेयर लगानी तथा स्वपुँजीबाट बनाइने भएको हो । आयोजना निर्धारित समयमै सम्पन्न गर्न लक्ष्मी सनराइज बैंकको नेतत्वमा विभिन्न बैंकको सहवित्तीयकरणमा आवश्यक वित्तीय व्यवस्थापन भइसकेको छ ।




















प्रतिक्रिया