काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९ को विन्दुमा कायम भएको छ ।
आज २३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनकिो ५० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । यसका इकाइधनीले ५.७९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया