Logo

अर्थ

हिम स्टार ऊर्जा कम्पनीको सेयर सूचीकृत, आइतबारदेखि कारोबारमा आउने



काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

जसमध्ये ३० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ७० प्रतिशत संस्थापक समूहको छ । आइतबारदेखि कम्पनीको सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

आरटीएस सेवा एनआईसी एसिया क्यापिटलले दिनेछ ।

पहिलो पटक कारोबार हुँदा मूल्य प्रतिकित्ता ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्म हुनेछ । असार ३२ गते कम्पनीको आईपीओ बाँडफाँट भएको थियो । कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ ।

यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १३:०२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।