Logo

अर्थ

सेयर बजारमा ३८ अंकको गिरावट, कारोबार रकम ८ अर्ब नाघ्यो



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ को विन्दुमा कायम भएको छ ।

आज २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ओरिएन्टल होटल्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १५:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।