काठमाडाैं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी भर्ती गर्ने भएको छ । बोर्डले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी सहायक निर्देशक दुई जना र वरिष्ठ सहायक दुई जना गरी चार जना कर्मचारी माग गरेको हो ।
परीक्षा लिखित र अन्तरवार्ताका माध्यमबाट हुनेछ ।
अधिकृत तृतीय श्रेणी, प्रशासन सेवा, सहायक निर्देशक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त, अर्थशास्त्र, व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको वा वाणिज्य कानून मूल विषय लिई कानूनमा स्नातकोत्तर उपाधि प्राप्त गरेको वा चार्टर्ड एकाउन्टेन्सी वा चार्टर्ड फाइनान्सियल एनालिस्ट उपाधि हासिल गरेको हुनुपर्नेछ ।
यस्तै अधिकृत तृतीय श्रेणी, कानुन सेवा, सहायक निर्देशक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुनमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।
सहायक प्रथम श्रेणी, प्रशासन सेवा, वरिष्ठ सहायक पदका लागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्य मूल विषय लिई कानून वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको हनपर्नेछ ।
निर्धारित योग्यता पुगेकाले बोर्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। यस्तो आवेदन असोज २ गतेभित्र दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ ।




















प्रतिक्रिया