काठमाडौं । आम सर्वसाधारणका लागि खुलेको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।
सीडीएस एण्ड क्लियरिङकाअनुसार २१ लाख ३१ हजार ७० जनाले आवेदन दिएका छन् । ती आवेदकबाट २ करोड ५५ लाख कित्ता माग भएको छ । आजसम्म आवेदन दिन सकिने भएकाले यो संख्या थप बढ्ने सीडीएसले जनाएको छ ।
जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।
बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।




















प्रतिक्रिया