काठमाडौं । शुक्रबार सुन आइतबार थप महँगिएको छ । आज एकैदिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकैदिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया