Logo

अर्थ

नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर (१ः१ अनुपातमा) जारी गर्न लागेको छ । बैंकले हालको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६ सयकाे आधारमा १०० अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता सेयर निष्कासन गर्दैछ ।

हकप्रद सेयरको लागि बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो, जसअनुसार भदौ ८ गतेसम्म कायम सेयरधनीहरू आवेदन दिन योग्य हुनेछन् । आवेदन दिने अन्तिम मिति असोज २२ गते तोकिएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले सम्बन्धित शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ११:०२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।